खेल


एनएसएल अक्सन : १ लाख ५० हजारमा चितवनतिर  जर्जप्रिन्स, अरु को कता?

एनएसएल अक्सन : १ लाख ५० हजारमा चितवनतिर  जर्जप्रिन्स, अरु को कता?

एनएसएल अक्सनमा चितवनको टोली। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
फागुन २०, २०७८ शुक्रबार १८:७, काठमाडौँ

फरवर्ड जर्जप्रिन्स कार्की १ लाख ५० हजार रुपैयाँमा चितवन पुगेका छन्। 

एनएसएल अक्सनमा चितवनले आफ्नो टोली पुरा गरेको छ। गतसिजन पनि उनी चितवनबाट नै लिग खेलेका थिए। 

मिडफिल्डर जया गुरुङ पोखराबाट एनएसएल खेल्नेछन्। उनले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। 

उनीमाथि पोखरा र काठमाडौँले बोली लगाएपछि गोलाप्रथाबाट पोखरा पुगेका हुन्। उनले गत सिजन बुटवलबाट लिग खेलेका थिए। 

युद्ध शाही १ लाख १० हजार रुपैयाँमा बुटवल पुगेका छन्। गोलरक्षक राजाबाबु थापा १ लाख ५० हजार रुपैयाँमा चितवन पुगेका छन्। 

मिडफिल्डर प्रदीप लम्साल ५० हजार रुपैयाँमा चितवन पुगे। मिडफिल्डर अभियान प्रधान५० हजार रुपैयाँमा पोखरा पुगेका छन्। 

मिडफिल्डर निर कुमार राई १ लाख ५० हजारमा विराटनगर पुगेका छन्। उनीमाथि ३ वटा टोलीले बोली लगाएपछि गोलाप्रथाबाट विराटनगर पुगेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad