ad ad

खेल


चेल्सीले उचाल्यो क्लब विश्वकप फुटबलको उपाधि

चेल्सीले उचाल्यो क्लब विश्वकप फुटबलको उपाधि

नेपालखबर
फागुन १, २०७८ आइतबार ११:८, काठमाडौँ

युरोपियन च्याम्पियन इङ्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार राति भएको उपाधि भिडन्तमा ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा चेल्सीले २-१ गोलले पराजित गरेको हो। 

चेल्सीलाई उपाधि दिलाउने क्रममा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरेका थिए। पराजित पाल्मिरसका राफेल भेइगाले सान्तवना गोल फर्काए।

खेलको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर खेलको ६४ औँ मिनेटमा राफेल भेइगाले पेनाल्टीबाट गोल गरेपछि खेल रोमाञ्चक बन्यो। 

त्यसपछि दुवै टोली ९० मिनेटभित्र थप गोल गर्न असफल भए। यस्तोमा अतिरिक्त समयमा धकेलिएको खेलमा चेल्सीले बाजी मार्यो। 

उसका लागि हाभर्ट्जले खेलको ११७ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गर्दै उपाधि जिताए। चेल्सीले क्लब विश्वकपको उपाधि पहिलो पटक उचालेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .