ad ad

खेल


संवेदनशील विषयमा नबोल्न खेलाडीहरुलाई चीनको चेतावनी

संवेदनशील विषयमा नबोल्न खेलाडीहरुलाई चीनको चेतावनी

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १२:१, काठमाडौँ

चीनले आगामी महिना बेइजिङमा हुन गइरहेको शीतकालीन ओलम्पिकमा भाग लिन आउने खेलाडीहरुलाई संवेदनशील विषयमा बोले कारबाही हुन सक्ने चेतावनी दिएको छ।

चीनले ओलम्पिकको क्रममा आफ्नो नियमको पालना गर्न पनि सबै खेलाडीहरूसँग आग्रह गरेको छ। 

चीनको ओलम्पिक आयोजक कमिटीले पनि ओलम्पिकको भावनाभन्दा बाहिरको विषयमा कुनै अभिव्यक्ति दिएको वा कदम चालेको अवस्थामा चीनको नियमअनुसार कारबाही हुन सक्ने बताएको हो। 

चीनको ओलम्पिक आयोजक कमिटीको अन्तर्राष्ट्रिय मामिला विभागका महानिर्देशक याङ शुले बुधबार अमेरिकास्थित चिनियाँ दूतावासले गरेको कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन्।

उनका अनुसार सबैभन्दा पहिला खेलाडीले यस किसिमको कार्य गरे राष्ट्रिय ओलम्पिक कमिटीले यो मामिला अध्ययन गर्नेछ र त्यसपछि अन्तर्राष्ट्रिय महासंघले हेर्नेछ र अन्तिममा मात्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले हेर्नेछ। 

अहिले चीनमाथि पश्चिमा मुलुकले मानवअधिकार उल्लंघनको आरोप लगाइरहेको अवस्थामा शीतकालीन ओलम्पिकमा खेलाडीहरुले यस विषयमा बोल्न सक्ने आशंकाको बीचमा चीनले यस्तो चेतावनी दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .