भुटानको चाङलिमिथाङ रंगशालामा उक्त खेल खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको हो।
मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको उक्त खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले मैदान अयोग्य ठहर गरेको थियो।
त्यसलगत्तै एन्फाले तटस्थ भूमिको रुपमा रहेको भुटानमा खेल खेलाउने प्रस्ताव फिफा र एएफसीलाई गरेको थियो।
कुवेत फुटबल संघले भने भुटानमा आफू अनुकुलको वातावरण नहुने भएपछि खेल्न आनाकानी गरिरहेका बेला एएफसीले भुटानमै खेल हुने निश्चित गरिदिएको एन्फाले बिज्ञप्तिमार्फत जानकारी दिएको छ।
विश्वकप छनोटको पहिलो अवे खेलमा नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको थियो। त्यसयता नेपालले चाइनिज ताइपेइलाई पराजित गरेपनि जोर्डन र अष्ट्रेलियासँग भने पराजित भएको छ।


प्रतिक्रिया