खेल


विवाह बन्धनमा बाँधिए एथ्लेटिक्सका पूर्वखेलाडी सन्तोष र दिलमाया

विवाह बन्धनमा बाँधिए एथ्लेटिक्सका पूर्वखेलाडी सन्तोष र दिलमाया

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ११:५३, काठमाडौँ

एथ्लेटिक्सका पूर्व खेलाडी सन्तोष श्रेष्ठ र दिलमाया कार्की वैवाहिक बन्धनमा बाँधिएका छन्। 

नेपाल एपीएफ क्लबका एथलेटिक्स प्रशिक्षक ३७ वर्षे सन्तोष र सुर्खेतकी ३२ वर्षीया  दिलमायाले ८ वर्षको प्रेम सम्बन्धलाई आइतबार विवाहमा परिणत गरेका हुन्। 

सन्तोष १६ वर्षअघि र दिलमाया ९ वर्षअघि एपीएफमा आबद्ध भएका थिए। 

दिलमायाले केही समयअघि जर्मनीबाट स्पोर्टस एथलेटिक्सको कोर्स पूरा गरेकी छन् भने सन्तोषले ५ वर्षअघि भारतको पटियालामा एक वर्षे एथलेटिक्सको डिप्लोमा कोर्स गरेका थिए। 

अहिले एपीएफमा सन्तोष मध्यम र लामो दूरीका खेलाडीलाई प्रशिक्षण दिन्छन्। दिलमायाले भने १ सय, २ सय मिटर, ४ सय मिटरका खेलाडीलाई प्रशिक्षण दिन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad