चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल लगायत बिभिन्न मुलुकका कम्युनिस्ट पार्टीसँग आज दिउँसो अन्तर्क्रिया गर्ने भएको छ।
भर्चुअल माध्यमबाट हुन लागेको बैठकमा नेपालबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत सहभागी हुने भएका छन्। सो बैठक नेपाली समयअनुसार दिउँसाे सवा १ बजे सुरु हुनेछ।
एकीकृत समाजवादीका बिदेश बिभाग सदस्य मिलन राज तुलाधरले चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न १९ औं केन्द्रीय समितिको छैटौं सत्रले गरेका निर्णयबारे जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भर्चुअल बैठकमा सहभागी हुनेछन्। ‘नेपाल, श्रीलंकालगायत विभिन्न मुलुकका कम्युनिस्ट पार्टी भर्चुअल बैठकमा सहभागी हुने जानकारी पाएका छौं’ तुलाधरले नेपालखबरसँग भने।
चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभाग प्रमुख सङ् थाओले बैठकमा बोल्नेछन्।
Shares
प्रतिक्रिया