आईसीसी टि–२० महिला विश्वकपको एशियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ।
१४ सदस्यीय महिला टोली आज बिहान त्यसतर्फ गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। कतारमा रहँदा महिला टोलीले तिन खेलको टि–२० सिरिज खेल्ने तालिका छ।
सिरिजपछि नेपाली टोली १९ तारिखमा छनोट आयोजना स्थल संयुक्त अरब एमिरेन्ट्स (युएई) जानेछ। एशियाली छनोट खेल २२ देखि २८ नोभेम्बरसम्म हुनेछ।
कतार जानुअघि नेपाली टोलीले बगंलादेशसँग ३ खेलको सिरिज २–१ ले जितेको थियो।
12
Shares

प्रतिक्रिया