क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्स इटालिएन सिरि एमा विजयी भएको छ। शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोमाथि १–० को जित निकालेको हो।
युभेन्ट्सको जितमा खेलको ७० औं मिनेटमा म्याथिस डि लाइटले निर्णायक गोल गरेका हुन्। यस जितसँगै युभेन्ट्स सिरि एको शीर्ष स्थानमै रहन सफल भएको छ। युभेन्ट्सले २९ अंक बनाएको छ।
यसैबीच शनिबार राति नै ला लिगामा भएको खेलमा लियोनल मेस्सीको टोली बार्सिलोना लिभान्टेसँग पराजित भएको छ। मेस्सीले खेलको ३८ औं मिनेटमा पेनाल्टीमार्फत सुरुवाती गोल गरे पनि दोस्रो हाफमा लिभान्टेले बार्साविरुद्ध लगातार ३ गोल गरेको हो।
हारपछि पनि बार्सिलोना लिगमा २२ अंकसहित शीर्ष स्थानमै छ। लिभान्टे १७ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ।
प्रतिक्रिया