ad ad

खेल


रिजवानले तोडे क्रिस गेलको कीर्तिमान

रिजवानले तोडे क्रिस गेलको कीर्तिमान

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ७:१९, काठमाडौँ

पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले वेस्ट इन्डिजका क्रिस गेलको कीर्तिमान तोडेका हुन्। आईसीसी टी–२० विश्वकप अन्तर्गत आइबार भएको स्कटल्याण्डसँगको खेलमा उनी एकै क्यालेन्डर वर्षमा टी–२० खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन्। उनले सन् २०२१ मा टी–२० खेलमा १६७६ रन बनाइसकेका छन्। 

यसअघि एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन क्रिस गेलले सन् २०१५ मा बनाएका थिए। गेलले २०१५ मा १६६५ रन बनाएका थिए। आइतबारको खेलमा रिजवानलाई आफ्नो कीर्तिमान राख्न ५ रन चाहिएको थियो। उनी १५ रन बनाएर आउट भए। 

सन् २०१६ मा विराट कोहलीले १६४५ रन बनाएका थिए भने सन् २०१९ मा पाकिस्तानका बाबर आजमले १६०७ रन बनाएका थिए। 

यस वर्ष रिजवानले टी–२० क्रिकेटमा १ शतक र ९ अर्धशतक प्रहार गरिसकेका छन्। 

त्यस्तै आइतबारको खेलमा बाबर आजमले टी–२० विश्वकपमा सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडीको रेकर्ड बराबरी गरेका छन्। जारी विश्वकपमा उनले ४ अर्धशतक प्रहार गरिसकेका छन्।

आइतबारको खेलमा उनले ६६ रन बनाएका थिए। यसअघि उनले भारतसँगको खेलमा अविजित ६८ रन बनाएका थिए भने अफगानिस्तानविरुद्ध ५१ रन बनाएका थिए। नामिबियाविरुद्ध उनले ७० रनको पाली खेलेका थिए। 

अष्ट्रेलियाका म्याथ्यु हेडन र भारतका विराट कोहलीले पनि एउटै टी–२० विश्वकपमा ४/४ अर्धशतक प्रहार गरेका छन्। 

बाबर आजमले टी–२० खेलमा २५ अर्धशतक प्रहार गरेका छन्। अर्धशतकको संख्यामा उनी बिराट कोहली र रोहित शर्मापछि तेस्रो स्थानमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .