फिफा विश्वकप फुटबल छनोट प्रतियोगतामा जर्मनीको जित भएको छ।
युरोपियन छनोटअन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले १ गोलका विरुद्ध २ गोल गरेर रोमानियालाई हराएको हो।
जर्मनीको जितमा सर्ज जिनाब्री र थोमस मुलरले एक एक गोल गरेका हुन्।
उता रोमानियाका लागि इअनिस हागीले एक गोल गरे।
जितसँगै समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको जर्मनीले ७ खेलबाट १८ अंक प्राप्त गरेको छ। पराजित रोमानिया भने १० अंकसहित चौथो स्थानमा छ।
42
Shares

प्रतिक्रिया