एभरेष्ट प्रिमियर लिग (इपीएल) को दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियर्टसले पोखरा राइनोजसामु १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार पारेको हो।
कप्तान शरद भेषावकर ३२ र धम्मिका प्रसाद ४ रनमा नटआउट रहे। ३३ बलको सामना गरेका भेशवाकरले २ चौका र १ छक्का हाने।
आरिफ शेखले रन थपे। २४ बलको सामना गरेको आरिफले १ चौका र १ छक्का हाने।
भैरहवाका लागि ओपनर रोहित कुमार पौडेल र प्रदीप ऐरिले ३३ रनको साझेदारी गरे। ओपनर रोहित १८ रन जोड्दा क्याच आउट भए। १७ बलको सामना गरेका रोहितले २ चौका हाने।
अर्का ओपनर प्रदीप ११ रनमा पबेलिय फर्के। उपुल रथङ्गाले १०, सर्विन मुनियाण्डेले २, कुशल मल्लले १ रन थपे।
पोखराका लागि सहान आरिचिगे र किशोर महतोले समान २ विकेट लिए। नन्दन यादव र असेला गुणारत्नेले एक विकेट झारे।
पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको पोखराले फाइलनमा स्थान बनाउनका लािग दोस्रो मौका पाएको हो।
उता एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलाभेनलाई १६ रनले हराएको भैरहवाले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
Shares

प्रतिक्रिया