एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको छ।
चितवनका लागि करिम जन्नतले ३५ र मोहम्मद शहजाले ३२ रनको योगदान लिए। सेकुगे प्रशन्न २४ रनमा क्याच आउट भए।
भीम सार्कीले १६ रन थपे। दिलीप नाथ १३ रनमा बोल्ड आउट भए। देव खनाल ५, खडक बोहोरा १ रनमा पवेलियन फर्के।
कमल ऐरी ७ र गौतम केसी शुन्य रनमा नटआउट रहे।
चितवनका अविनास बोहोराले ३ तथा कुशल मल्लले २ विकेट लिए। कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक एक विकेट झारे।
आजै हुने दोस्रो खेलमा काठमाडौं किंंग्स इलाभेन र पोखरा राइनोज भिड्नेछन्। खेल दिउँसो साढे १ बजे हुनेछ।
Shares

प्रतिक्रिया