खेल


चितवनलाई पोखराले दियो १२५ रनको लक्ष्य

चितवनलाई पोखराले दियो १२५ रनको लक्ष्य

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १५:५७, काठमाडौँ

विवेक यादवको अर्धशतक मद्दतमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको शुक्रबारको दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्ससामु १ सय २४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार पारेको छ। 

विवेक यादव ५३ र केस्रिक विलियम्स २ रनमा नटआउट रहे। पोखराका लागि विवेक यादवले ५३ रनको महत्वपूर्ण योगदान दिए। ४५ बलको सामना गरेका विवकेले ३ चौका र ३ छक्का हाने। 

लगातार विकेट पतकपछि दबाबमा आएको पोखराका लागि छैटौँ विकेटका लागि असेला गुणारत्ने र विवेक यादवले ५६ रनको साझेदारी गरे। असेला गुणारत्ने २५ रनमा रन आउट भए। 

ओपनर रिचार्ड लेभीले २० रन थपे। लोकेश बम ८, कप्तान विनोद भण्डारी ५ र रित गौतमले २ रन थपे। सुनिल धमाला शुन्य रनमा रनआउट भए। 

चितवनका साहब आलम र कमल ऐरिले समान २ तथा सोमपाल कामीले एक विकेट लिए। 

विवेकको अर्धशतक 
पोखरा राइनोजका ब्याटर विवेकक यादवले एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।

लगातार विकेटपछि दबाबमा आएको पोखराका लागि विवेकले अर्धशतकिय योगदान दिएका हु्न्। 

उनले ४३ बलमा ३ चौका र ३ छक्का मद्दतमा अर्धशतक पुरा गरेका हुन्। 

४५ बलमा ५३ रनमा अविजित रहेका विवेकले ३ चौका र ३ छक्का हाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad