नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काले संयुक्त अबर इमिरेट्स (यूएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन्।
अर्को महिना यूयईमा आयोजना हुने खेलमा अबुधाबी टिमबाट पारसले खेल्ने जानकारी टोलीले ट्विटरमार्फत दिएको हो।
टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भए पनि पारसको नाम भने हालै सार्वजनिक भएको हाे।

ड्राफ्टअघि नै फ्रेन्चाइज टोलीले आफूलाई सम्पर्क गरेर अनुबन्ध गरिसकेको पारसले बताए। १० हजार अमेरिकी डलर पारिश्रमिक पाउने सम्झौता भएको उनले जानकारी दिए।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि टेन लिग खेल्नेछन्।
सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुनेछन्। एमा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् ।
टि टेन नोभेम्बर १५ देखि २४ सम्म युएईमा सञ्चालन हुँदै छ।
पारसको टोलीको आइकन खेलाडीका रुपमा इग्ल्यान्डका मोइन अली छन् भने सन्दीपको टोलीको आइकन खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व ओपनर हसिम अमला छन् ।

प्रतिक्रिया