कविता कुँवरले शानदार अर्धशतकीय पारी खेलेपछि काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग टि–२० क्रिकेट प्रतियोगिता पोखरा पल्टनले सान्त्वना जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको हो।
यो पनि: पारसलाई नफर्काउने क्यानको चाहना
ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य पोखराले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। कविताले नटआउट ६१ रनको पारी खेलिन। उनले १० चौका प्रहार गरिन।
यस्तै बिन्दु रावलले ४० रन जोडिन। ४४ बलमा उनले ४ चौका प्रहार गरिन। चौथो विकेटका लागि कविता र बिन्दुले १ सय ६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
पोखराले सुरुवात भने राम्रो गर्न सकेन। दुबै ओपनरहरु १–१ रनमा पवेलियन फर्किएका थिए। रेवती धामी र कप्तान सिता रानामगरले १–१ र रुवि पोद्दार खाता नै खोल्न नसकी पवेलियन फर्केका बेला कविता र बिन्दुले उत्कृष्ट साझेदारी गरेका थिए।
काठमाडौंकी ममता चौधरी र कप्तान नेरी थापाले २–२ विकेट लिइन। ममताले ४ ओभरमा एक ओभर मेडन राख्दै १० रनमात्रै खर्चिन।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो। उसकी ममता चौधरीले नटआउट ५२ रनको अर्धशतकीय पारी खेलेपनि टोली हारबाट जोगिएन। उनले ५१ बलमा ७ चौका प्रहार गरे।
यस्तै कविता कुँवरले ३१ र सम्झना खड्काले १० रन जोडेपनि अन्यले दोहोरो अंक जोड्न सकेनन। दुवै ओपनरहरु गिता गोसाई र रोशनी बोहरा र करुणा भण्डारी १–१ रनमात्रै जोड्न सकिन। कप्तान नेरी थापाले ८ रन जोड्न सकिन।
पोखराकी कप्तान सिता रानामगरले ४ ओभरमा २४ रन खर्चदै २ विकेट लिइन। यस्तै नविना खड्का, अन्जली चन्द र राजमति ऐरीले समान १–१ विकेट लिए।
योसँगै प्रतियोगिताको पहिलो चरणका खेलहरु सकिएका छन। पोखराले ४ खेलमा ३ हार्दा एक खेलमा जित हात पारेर २ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रह्यो। सबै खेलमा पराजित ललितपुर भने पुछारमा रह्यो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए।

प्रतिक्रिया