ad ad

खेल


टी–२० विश्वकपका लागि अस्ट्रेलियाले घोषणा गर्‍यो १५ सदस्यीय टोली

टी–२० विश्वकपका लागि अस्ट्रेलियाले घोषणा गर्‍यो १५ सदस्यीय टोली

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १२:१२, काठमाडौँ

संयुक्त अरब इमिरेन्ट्स (युएई) मा हुने टि–२० विश्वकपका लागि अस्ट्रेलियाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। 

विकेट किपर ब्याट्सम्यान जोश इंग्लिसलाई पहिलोपटक टोलीमा समावेश गर्दै अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टोली घोषणा गरेको हो। 

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका विकेटकिपर ब्याट्सम्यान जोशले टि–ट्वान्टी विश्वकपमार्फत अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछन्।  

उनले घरेलु क्रिकेटमा ६३ टि–२० खेलमा २ शतक र ११ अर्धशतक सहित १ हजार ६ सय ४५ रन जोडेका छन्। 

टि–ट्वान्टी विश्पकप आगामी अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म हुनेछ।  

अष्ट्रेलिया सुपर १२ को समूह ए मा छ। समुह ए मा अष्ट्रेलियासँगै इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पहिलो राउण्डको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता टोली रहनेछन्। 

समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेता टोली रहनेछन्। अस्ट्रेलिया पहिलो टि–२० विश्वकप जित्ने योजनामा छ। 

अस्ट्रेलिया सन् २०१० को टि–२० विश्वकपको फाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो।

अस्ट्रेलियाको टोली 
आरोन फिन्च (कप्तान), एस्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचड्र्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा भ्रमणमा रहने वैकल्पिक खेलाडी : ड्यान क्रिष्टियन, नाथन एलिस र ड्यानियल साम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .