बेलायतका जेसन केन्नीले ओलम्पिकमा हालसम्म सात स्वर्णपदक जितेका छन्।
ओलम्पिकअन्तर्गत पुरुष केइरिनमा ७ स्वर्ण जित्ने जेसन पहिलो बेलायती खेलाडी हुन्।
साइकल रेसअन्तर्गतको एक विधागत खेलमा जेसनले अन्य प्रतिस्पर्धीले भन्दा ०.७६३ सेकेण्डले दूरी पूरा गरेका हुन्।

जेसनले ओलम्पिकमा ९ वटा पदक जितेका छन्। जेसनले ७ स्वर्ण २ रजत जितेका छन्। जेसनले बेलायतकै क्रिस होयको कीर्तिमान समेत भङ्ग गरेका हुन्।
क्रिसको नाममा ६ स्वर्ण १ रजत र गरी कुल ७ पदक जितेका छन्।
बेलायतका जेसन पुरुषतर्फ सफल ओलम्पियन हुन्।
महिलातर्फ उनकी श्रीमती लाउरा केनी सफल खेलाडी हुन्। लाउराले ओलम्पिकमा ५ स्वर्ण र १ रजत गरी कुल ६ पदक जितेकी छिन्।

27
Shares

प्रतिक्रिया