खेल


राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार नियुक्त

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार नियुक्त

नेपालखबर
साउन २४, २०७८ आइतबार ११:५८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार काशीभाइ गोहिल नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले आव्हान गरेको दरखास्तमा ३८ जनाले निवेदन दिएका थिए। 

तीमध्ये क्यानले आज आइतबार राकेशलाई फिटनेश ट्रेनरमा नियुक्त गरेको हो। 

राकेशले अष्ट्रेलियाको अष्ट्रेलियन स्ट्रेन्थ एण्ड कन्डिसनिङ्ग लेभल २ सर्टिफिकेट लिइसकेका छन्। 

राकेशले यसअघि भारतको नेशनल क्रिकेट एकेडेमी र रन्जी ट्रफिका क्लबहरुसँग पनि काम गरिसककेको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad