खेल


स्पेनलाई हराउँदै ब्राजिलले जित्यो फुटबलतर्फको स्वर्ण

स्पेनलाई हराउँदै ब्राजिलले जित्यो फुटबलतर्फको स्वर्ण

नेपालखबर
साउन २३, २०७८ शनिबार २०:३४, काठमाडौँ

जापानमा जारी टोक्यो ओलम्पिक-२०२० अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक ब्राजिलको टिमले जितेको छ। शनिबार भएको स्वर्ण भिडन्तमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै ब्राजिलले स्वर्ण पदक जितेको हो। 

ब्राजिललाई स्वर्ण पदक दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरेका थिए। रजतमा चित्त बुझाएको स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काउन सफल भए।

टोक्योस्थित निशान स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लिसनले पेनाल्टीलाई सदुपयोग गर्न चुके। 

पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गरेपछि ब्राजिलले १-० को अग्रता बनायो। खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकियो। अतिरिक्त समयमा ब्राजिलका माल्कोमले गोल गरे। उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जित दिलाउन सफल भए। 

टोक्यो ओलम्पिकमा पुरुष फुटबलतर्फको कास्य पदक मेक्सिकोले जितिसकेको छ। उसले आयोजक जापानलाई हराउँदै कास्य जितेको थियो। 

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलतर्फको स्वर्ण जितेको छ। यसअघि सन् २०१६ मा भएको रियो ओलम्पिकमा समेत  ब्राजिलले स्वर्ण जितेको थियो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad