बुधवारदेखि महेन्द्रनगरमा सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले पहिलो जित दर्ता गरेका छ।
प्रतियोगिताको बुधवारको दोस्रो खेलमा दोस्रो खेलमा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशललाई ९ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ्ग गरेको कर्णाली प्रदेशले निर्धारित १९.२ ओभरमा मात्र ५८ रन बनायो।
५९ रनको झिनो विजयी लक्ष्यका साथ मैदान उत्रिएको प्रदेश नम्बर २ ले ६.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उक्त खेलको ‘वोमन अफ द म्याच’ प्रदेश नम्बर २ की शाान्ति चौधरी भइन्। उनले टिमका लागि १८ रन जोडिन भने ३ विकेट झारेकी थिइन्। प्रतियोगिता अन्तर्गत बिहिवार पनि दुई खेल हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार बिहिवार बिहान ८ बजे हुने खेलमा कर्णाली प्रदेश र प्रदेश नम्बर २ भिड्ने छन् भने दिउँसो साढे तीन बजे हुने दोस्रो खेलमा विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिम प्रदेशबीच खेल हुने छ।
असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको बिजेता टोलीले ५ लाख, उपबिजेता टोलीले ३ लाख प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको ‘वोमन अफ द सिरिज’ले ३० हजार, ‘वेस्ट ब्याट्सवोमन’ र बलरले समान १५ हजार र ‘वोमन अफ द म्याच’ले २५ सय नगद रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने छन्।
प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेका छन्। समूह ‘बि’मा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन्।
Shares

प्रतिक्रिया