ad ad

खेल


रोनाल्डो आफैं स्वीकार्थे मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर भन्थेः मेस्सी म जति ह्यान्डसम छैनन्

रोनाल्डो आफैं स्वीकार्थे मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर भन्थेः मेस्सी म जति ह्यान्डसम छैनन्

राेनाल्डाे र मेस्सी


नेपालखबर
साउन १६, २०७८ शनिबार १३:१८, काठमाडौँ

एक दशकयता खेल जगतमा मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट फुटबलर हुन् भनेर चर्चा चलिरहेको छ।

पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सीलाई करोडौं मानिसले आफ्नो आदर्श पात्र मनेका छन्।

तर पूर्व लिभरपुल क्लबका खेलाडी पिटर क्राउचका अनुसार रोनाल्डोले पहिले मेस्सीलाई आफूभन्दा राम्रो खेलाडी मान्थे, तर मेस्सी आफू जति आकर्षक भने नभएको बताउँथे। रोनाल्डोले खेलको स्तरलाई मात्र नभएर आकर्षणलाई पनि महत्व दिन्थे।

इंगल्यान्डका क्राउचका अनुसार म्यानचेस्टर युनाइडेटका खेलाडी रियो फर्डिनान्डले रोनाल्डोबारे उनीसँग केही कुरा खोलेका थिए।

उनी भन्छन्,‘रियो फर्डिनान्डले क्रिस्टियानो रोनाल्डोबारे सुनाउँथे, उनकाअनुसार रोनाल्डो अर्धनग्न भएर ऐनाको अगाडि उभिन्थे र कपाल हातले चलाउँदै वाह, म धेरै सुन्दर छु भन्थे।’

‘अन्य युनाइटेडका खेलाडीले चाहीँ तिमीभन्दा मेस्सी राम्रो खेलाडी हो भनेर रोनाल्डोलाई जिस्क्याउँथे। रोनाल्डो त्यसपछि त्यो भनाइमा सहमति जनाउँदै भन्थे तर मेस्सी म जति ह्यान्डसम छैनन्’ क्राउच फर्डिनान्डले रोनाल्डोबारे भनेको कुरा सम्झँदै भन्छन्। मार्का

Peter Crouch: Cristiano Ronaldo Said He Was Better Looking Than Lionel  Messi | Bleacher Report | Latest News, Videos and Highlights

फर्डिनान्ड र रोनाल्डो

Peter Crouch recalls almost punching Rio Ferdinand in Liverpool vs Man Utd  clash - Mirror Online

क्राउच र फर्डिनान्ड

Peter Crouch leaves out Cristiano Ronaldo from his greatest foreign Premier  League XI | GiveMeSport

क्राउच र रोनाल्डो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .