ad ad

खेल


सन्दीपले भिसाका कारण द हन्ड्रेड गुमाए, नेपाल फर्किँदै

सन्दीपले भिसाका कारण द हन्ड्रेड गुमाए, नेपाल फर्किँदै

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०७८ मंगलबार १७:०,

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाएका छन्।

सन्दीपले भिसाको कारण प्रतियोगिता गुमाएका हुन्। टायर ५ भिसामा युके पुगेका सन्दीपले द हन्ड्रेड खेल्न नपाएका हुन्।

आफूले इंगल्यान्ड क्रिकेट बोर्ड ईसीबीकै सल्लाहअनुसार टायर ५ भिषाको लागि निवेदन दिएको उनको भनाइ छ।

उनी भन्छन्,‘मैले ईसीबीकै निर्देशनअनुसार टायर ५ भिषाको लागि निवेदन दिएको हुँ। त्यसबेला भाइटालिटी ब्लास्ट र द हन्ड्रेड प्रतियोगिताको लागि यस भिषाले काम गर्ने बताइएको थियो।’

यतिबेला आफूलाई चाँडै बेलायत छाड्न निर्देशन आएको पनि उनले दुःखी हुँदै बताएका छन्। 

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए। प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ। 

प्रतियोगिताका लागि सन्दीपले झण्डै ६० हजार पाउण्ड (१ करोड नेपाली रुपैयाँ) मा अनुबन्ध भएका थिए। 

गत असार २४ मा इंग्ल्यान्ड पुगेका सन्दीपले आज बेलायत सरकारबाट मान्यताप्राप्त होटलमा १० दिनको क्वारेनटाइन समय पूरा गर्दै छन्। 

सन्दीप प्रतियोगिताबाट बाहिर रहेपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीलाई राख्ने टोलीले तयारी गरेको क्रिकइन्फोले जनाएको छ। 

सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने तालिका छ। 

सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मिङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन्। फाइनल खेल २१ अगष्टमा हुनेछ।

यसअघि गत जेठ चौथो साता पनि सन्दीपले भिसाकै कारण इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले गरेको टी२० ब्लास्ट प्रतियोगिता गुमाएका थिए। 

उनी चाँडै नेपाल फर्किने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .