ad ad

खेल


फुटबल खेलाडीलाई सम्मान गर्दै ओलीले भने– १३औँ साफ आयोजना गर्न नेपाल तयार

फुटबल खेलाडीलाई सम्मान गर्दै ओलीले भने– १३औँ साफ आयोजना गर्न नेपाल तयार

नेपालखबर
असार २७, २०७८ आइतबार १४:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार नगदसहित सम्मान गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले थ्री नेसन्स कपमा सहभागी २३ खेलाडीलाई जनही ४ लाख तथा ३ प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ नगदसहित सम्मान गरेका हुन्। 

सो अवसरमा प्रधानमन्त्री ओलीले १३औँ साफ आयोजनामा लागि नेपाल सबै किसिमले तयार रहेको समेत बताएका छन्। 

गत चैतमा काठमाडौको दशरथ रगंशालामा भएको थ्री नेसन्स कपमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि उचालेको थियो। 

यो उपाधि नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा उचालेको थियो। यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुदअन्तर्गत भएको फुटबलको उपाधि घरेलु मैदानमा उचालेको थियो। 

थ्री नेसन्स कपमा नेपाल, किर्गिजस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको थियो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .