ad ad

खेल


रामोसले पीएसजीमा जर्सी नं ४ लगाउने, पेरिसमा यसरी भयो भव्य स्वागत (भिडिओ)

रामोसले पीएसजीमा जर्सी नं ४ लगाउने, पेरिसमा यसरी भयो भव्य स्वागत (भिडिओ)

रामाेस


नेपालखबर
असार २४, २०७८ बिहिबार १४:४,

रियल मड्रिडबाट बिदा भएका सर्जियो रामोसलाई फ्रान्सको पेरिस सेन्ट जर्मेनले अनुबन्ध गर्ने निश्चित भइसकेको छ।

रामोसले रियल मड्रिडमा झैं पीएसजीमा पनि जर्सी नम्बर ४ लगाउने स्पेनिस खेल पत्रिका मार्काले जनाएको छ।

समाचारका अनुसार रामोसले पीएसजीमा २ वर्षको सम्झौता गर्नेछन्। सम्झौताका लागि रामोस पेरिस पुगिसकेका छन्।

पेरिस पुगेका उनलाई पीएसजीका समर्थकले भव्य स्वागत गरेका थिए। उनीहरुले ‘रामोस रामोस’ भन्दै नारा लगाएका थिए।

(भिडिओ)

पीएसजीले आफूलाई जर्सी नम्बर ४ दिएको पुष्टि गर्दै रामोसले पनि पीएसजीको वेबसाइटसँग भनेका छन्,‘पीएसजीले जर्सी नम्बर ४ दिएकोमा खुशी छु। म अलि अन्धविश्वासी छु। मैले यो जर्सी जीवनभर लगाएको छु र यो मलाई फाप्छ। यही नम्बरको जर्सी लगाएर मैले धेरै खेल जितेको छु।’

पीएसजीमा जर्सी नम्बर ४ थिलो केररले लगाउदै आएका थिए। रामोसका लागि भने उनले सो नम्बर छाडिदिएका छन्।

रामोसले नयाँ सिजनमा नेमार जुनियर र केलिएन एमबाप्पेसँगै एकै टोलीमा खेल्नेछन्।

Ramos signed, who's next? PSG's potential lineup for the 2021/22 season -  News Logics

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .