बैतडीको सिगासमा एक युवक मृत फेला परेका छन्।
सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका हुन्।
विष्टको शव फेला परेको विषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
156
Shares

प्रतिक्रिया