समाज


चिसो छल्न बेँसी झरे मतदाता, बाजुराका उच्च भूभाग रित्तै

चिसो छल्न बेँसी झरे मतदाता, बाजुराका उच्च भूभाग रित्तै

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८२ सोमबार १०:३१, बाजुरा

बाजुराका उच्च हिमाली क्षेत्रबाट चिसो छल्न मतदाता बेँसी झर्न थालेका छन्। 

यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ। 

आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदानको अधिकारबाट बन्चित हुने अवस्था सिर्जना भएको हो। 

जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित यहाँका मतदाता बेँसीमा झरेका बताए।

बाजुराको लेकाली क्षेत्रमा पाँच सयभन्दा बढी परिवार बसोबास गर्दै आएका छन्। 

बाजुराको बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१,२,३,७,८, र ९ र हिमाली गाउँपालिका– २ र ३ वडामा बसोबास गर्दै आएको छन्। 

आसन्न निर्वाचनमा मतदान गर्न समस्या हुने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा (भोटे) ले बताए। 

‘आफूसहित परिवार यतै छौँ, मतदान  गर्न चारै जना मौसमी बसाइँ सरेको छौँ,’ उनले भने।  मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने थापाको भनाइ  छ। 
 
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गरिने बताए। 

बाजुरामा ७७ वटा मतदानस्थल कायम भएका छन्। ती मतदानस्थलका एक सय १८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए।   

निर्वाचनका लागि ८७ हजार आठ सय ६१ मतदाताले नाम दर्ता गरेका छन्। तीमध्ये महिला ४१ हजार ६१८ र पुरुष ४६ हजार २४३  छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad