पाँचथर र झापामा दुई जना मृत फेला परेका छन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ जोगीडाँडा बस्ने ४५ वर्षीया चिनमाया तामाङ मृत फेला परेकी प्रहरीले जनाएको छ।
त्यसैगरि झापाको अर्जुनधारा नगरपालिका-२ लाप्चेटार बस्ने ६५ वर्षीय यम बहादुर लाय मगर पनि मृत फेला परेका छन्।
स्थानीय शान्ति सामुदायिक वनको भिरमा सोमबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
यी दुवै घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
159
Shares

प्रतिक्रिया