समाज


वन समूहका अध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍याे भ्रष्टाचार मुद्दा

किर्ते हस्ताक्षर गरेर १८ लाख १५ हजार हिनामिना गरेको आरोप
वन समूहका अध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍याे भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ७:३८, कञ्चनपुर

डडेल्धुराको एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आयोगले आलिताल गाउँपालिका– ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 

मडैले उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षर गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। 

१० मंसिर २०७८ को कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको बैठकको नक्कली प्रतिलिपि तयार गरी अध्यक्षले समूहका सचिव र कोषाध्यक्षलाई जानकारी नदिइ चेकमा किर्ते हस्ताक्षर गरेको अख्तियारको दाबी छ।

उक्त किर्तेबाट उनले समूहका २० लाख १५ हजार रकम निकालेका थिए। 

आफूले बैंकबाट रकम निकालेको समितिका पदाधिकारीले थाहा पाएपछि उनले २ लाख रुपैयाँ भने वनकै खातामा जम्मा गरेका थिए। 

१८ लाख १५ हजार रुपैयाँ भने उनले फिर्ता नगरेपछि अख्तियारमा उजुरी परेको थियो। 

आयोगबाट खटिएको टोलीले गरेको स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन एवं फरेन्सिक परीक्षण प्रतिवेदनबाट अध्यक्षा मडैले किर्ते गरेको पुष्टि भएको थियाे। 

भ्रष्टाचार निवारण ऐन- २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले मडैविरुद्ध १८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

आरोपपत्रमा बिगोबमोजिम कैद सजाय र बिगो बमोजिम जरिवानाको माग गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad