अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकाली नदीमा पानीको बहाब बढेपछि बनबासा पुलबाट चार पाङ्ग्रे र तीन पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ।
पछिल्लो अपडेटअनुसार महाकाली नदीमा पानीको बहाब एक लाख ४० हजार २५० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।
महाकालीमा पानीको बहाब बढेपछि भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा ठूला सवारी साधन आवतजावत बन्द गरिएको हो।
महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक नाघेपछि पुल जीर्ण हुँदा बनबासा पुल भएर हुने ठूला सवारी साधनको आवतजावतमा रोक लगाउने गरिन्छ।
153
Shares

प्रतिक्रिया