कारोबार


सामसङ मोबाइलको चाडपर्व अफर

सामसङ मोबाइलको चाडपर्व अफर

नेपालखबर
भदौ १६, २०८२ सोमबार १२:४७, काठमाडौँ

मोबाइल कम्पनी सामसङले दशैँलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैँ” ल्याएको छ।

सोमबारदेखि सुरु भएको यो अफर २८ सेप्टेम्बरसम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्।

यसमा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी सामसङ <स्पेस> सिरियल नम्बर लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ।

अफरअनुसार प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर १ लाख पाउनेछन् भने अन्य १० जना विजेताले १० हजार रुपैयाँको शपिङ भौचर प्राप्त गर्नेछन्। यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad