बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकामा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ बर्कुका २७ वर्षीय पदमबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।
सोही गाउँपालिकाको जोरु लेकबाट पिलुचौरका लागि स्याउ लिएर आउने क्रममा पिलुचौर साप्पाटा सडकको बर्कुबाट ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।
सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय रविन्द्र नाथले चलाएको भे ००१ त ०४८१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन्। घाइते रोकायाको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
दुर्घटनापछि चालक र सहचालक भने फरार रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्र्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ।
दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय स्वामीकार्तिकको टोली घटनास्थलमा पुगेको थियाे। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस
Shares

प्रतिक्रिया