कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
गएराति भजनी सुखड सडकखण्डमा पर्ने घोडाघोडी नगरपालिका-३ निम्दीमा सुपप्र ०१-००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी ५५ वर्षीय मानबहादुर चौधरी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-७ बस्ने २५ वर्षीय भरतबहादुर बम पनि घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले पक्राउ गरेको छ।
678
Shares

प्रतिक्रिया