समाज


निहुरो टिप्न जंगल गएका वृद्ध ६ दिनसम्म पनि फर्केनन्

निहुरो टिप्न जंगल  गएका वृद्ध ६ दिनसम्म पनि फर्केनन्

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १०:१०, मकवानपुर

मकवानपुरमा निहुरो टिप्न भनेर जंगल गएका एक वृद्ध बेपत्ता भएका छन्।

मनहरी गाउँपालिका-२ रामबारी भार्ताका ६२ वर्षीय श्यामबहादुर ब्लोन बेपत्ता भएका हुन्। 

ब्लोन गएको बिहीबार अन्य दुई साथीसँगै स्थानीय जङ्गलमा निहुरो र च्याउ खोज्न गएका थिए। 

च्याउ र निहुरो खोज्न गएका ब्लोन ६ दिनदेखि जङ्गलमै हराएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।

ब्लोनसँगै स्थानीय २८ वर्षीय श्रवनकुमार ब्लोन र ५० वर्षीय भक्तबहादुर आलेमगर पनि जंगल गएका थिए।

प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर बेपत्ता ब्लोनको खोजी सुरु गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad