बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ।
खप्तड छेडेदह गाउँपालिका- ३ धुर्तोलामा चितुवाले आक्रमण गर्दा ८ वर्षीय विजय रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर आइतबार साँझ घर नजिकै आँगनमा खेलिरहेको बेला चितुवाले बालकमाथि आक्रमण गरेको थियो। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
12
Shares

प्रतिक्रिया