दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ।
पहिरो खसेपछि आज बिहानदेखि महाकाली लोकमार्गमा यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।
सडक अवरुद्ध हुँदा बिहानैदेखि तराईबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै रोकिएका छन्।
गाडी नचल्दा यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए। सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो। उक्त ठाउँमा केही समयअघि मात्रै सडक मर्मत सम्भार गरिएको थियो। रासस
408
Shares

प्रतिक्रिया