समाज


कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि चलाए गोली, गम्भीर घाइते

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि चलाए गोली, गम्भीर घाइते

नेपालखबर
माघ ९, २०८१ बुधबार २१:५७, कञ्चनपुर

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। उनी गम्भीर घाइते छन्। 

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए। 

उनका अनुसार साँझ साढे ८ बजेको समयमा डीउटीम रहेका उनले आफैंमाथि राइफलको गोली हानेका छन्। 

उनी हातहतियार राखिने स्थान ९सेन्ट्री कोत गारद०मा खटिएका थिए । दाहिने कानभन्दा माथि गोली लागेको छ। 

आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते प्रहरी जवान विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल हुँदै कैलालीको धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ। केही साता अघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरीले पनि आफैंमाथि गोली हानेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad