बैतडीमा धुँवामा निसासिएर एक किशोरको मृत्यु भएको छ।
पाटन नगरपालिका-९ विजयपुरस्थित नमुना ज्ञानेश्वर माविमा कक्षा नौमा अध्ययनरत १४ वर्षीय अपिल विष्टको धुँवामा निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
जाडोबाट जोगिन कोठामा कोइला बालेर सुनेका उनको निसासिएर मृत्यु भएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले जानकारी दिए।
किशोर डेरामा बसेर पढ्दै आएका थिए। राति खाना खाएर टिनको भाँडोमा कोइला बालेर सुतेका उनी बिहान अबेरसम्म नउठेपछि खोजी सुरु भएको थियो।
कोठाको ढोका फोरेर हेर्दा उनी अचेत अवस्थामा फेला परेका महराले बताए। उनलाई उपचारका लागि डडेलधुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
कोठाको झ्याल लगाएर कोइला बाल्दा अक्सिजन अभावमा किशोरको मृत्यु भएको अनुमान गरिएको शिक्षक महराले बताए।
Shares

प्रतिक्रिया