समाज


ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार ८:१५, कञ्चनपुर

कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित पूर्व-पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  मोटरसाइकल चालक  घोडाघोडी नगरपालिका-१० का २७ वर्षीय सुशिल बिकको मृत्यु भएको हो।

बिहीवार साझ  सु.प.प्र. ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र  सु.प.प्र. ०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएका थिए। 

दुर्घटनामा मोटरसाइकल चालक बिक गम्भीर घाइते भएका थिए।  उनलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि निसर्ग अस्पताल, धनगढीमा लगिएका उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक लम्कीचुहा नगरपालिका(४ का ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad