समाज


डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

गएराति साढे ११ बजे बस भिरबाट साढे ३ सय मिटर तल खस्यो: प्रहरी
डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

गोकुल जोशी
असोज ३०, २०८१ बुधबार ६:४६, कञ्चनपुर

डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको पवनदूत यातायातको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो। 

बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

बसमा १७ जना सवार थियो। १२ जना घाइते मध्ये गम्भीर घाइते २ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad