समाज


तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, ७० हजार नगद पनि बरामद

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, ७० हजार नगद पनि बरामद

नेपालखबर
असोज २३, २०८१ बुधबार १०:४३, कञ्चनपुर

कञ्चनपुर र कैलालीमा तास खेलिरहेको अवस्थामा ७० हजार नगदसहित १६ जना पक्राउ परेका छन्। 

मंगलबार राति कञ्चनपुरबाट ४ र कैलालीबाट १२ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ गोबरैयाका ४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको छ। 

गोबरैयामा दिपेन्द्र चन्दले सञ्चालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र तास खेलिरहेको अवस्थामा भीमदत्त–१८ का २२ वर्षीय सम्राट चन्दसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

उनीहरुको साथबाट १२ हजार ८ सय ३० रुपैयाँ नगद र एक गड्डी तास समेत प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ लब्ली चोकमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। 

लब्ली चोकका मैते डगौँरा थारुले सञ्चालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलमा तास खेलिरहेको अवस्थामा सञ्चालकसहित १२ जनालाई नियन्त्रणमा लिइएको हो। 

उनीहरुको साथबाट ५७ हजार १ सय ६५ रुपैयाँ नगद र  २ गड्डी तास पनि बरमद गरिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad