ad ad

समाज


तीव्र गतिको मोटरसाइकल रोकिराखेको ट्रकको पछाडि ठोकिँदा चालकको मृत्यु

तीव्र गतिको मोटरसाइकल रोकिराखेको ट्रकको पछाडि ठोकिँदा चालकको मृत्यु

नेपालखबर
भदौ १६, २०८१ आइतबार १३:१५, कैलाली

कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

स्थानीय पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा  चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गए राति अन्दाजी सवा १ बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ९६३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक को शरीरमा गम्भीर घाइते भएका थिए।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हाे।

सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडका भुपेश पालको टाउको र खुट्टामा चोट लागेकाे छ। उनकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ। ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .