ad ad

राजनीति


निमित्त आईजीपीको जिम्मा थापालाई

निमित्त आईजीपीको जिम्मा थापालाई

नेपालखबर
असार १०, २०८१ सोमबार १४:२, काठमाडौँ

नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक दीपक थापाले पाएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सोमबार अमेरिका प्रस्थान गरेपछि थापालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। 

निमित्तको जिम्मेवारी पाएका थापा हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। 

आईजीपी कुंवरपछिको वरियतामा एआईजी टेकप्रसाद राई हुन्। यसअघि आईजीपी कुँवरले देशबाहिर जाँदा राईलाई नै निमित्त प्रमुखको जिम्मेवारी दिँदै आएका थिए। तर हाल एआईजी राई पनि भियतनाममा रहेकाले उनीपछिको वरियताका थापालाई जिम्मेवारी दिइएको हो। 

असार ७ गते भियतनाम गएका राई १४ गते फर्किने तालिका रहेको निमित्त प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले बताए। आईजीपी कुंवरसँगै प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्की पनि सोमबार अमेरिका प्रस्थान गरेका छन्। 

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो युनाइटेड नेशन चिफ अफ पुलिस समिटमा सहभागी हुन सुरक्षा प्रमुखहरुको टोली त्यसतर्फ प्रस्थान गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

टोलीमा गृहसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बस्नेत पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .