ad ad

समाज


अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु, ३ घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु, ३ घाइते

गोकुल जोशी
चैत १२, २०८० सोमबार १०:४१, कञ्चनपुर

अछामको मेल्लेख गाउँपालिका- ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।

साेमबार बिहान भएकाे दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ।

मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डकाे सुयडी नजिकै दुर्घटनामा भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिए। 

मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए। 

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका- ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्। दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन्।

घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .