समाज


प्रहरी नायव निरीक्षकको दुर्घटनामा मृत्यु

प्रहरी नायव निरीक्षकको दुर्घटनामा मृत्यु

नेपालखबर
फागुन २७, २०८२ बुधबार १८:३४, विराटनगर

विराटनगरको राजवंशी चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी नायब निरीक्षक (सई)काे मृत्यु भएको छ।

बुधबार बिहान राजवंशी चोकबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। ​

दुर्घटनामा परी मोटरसाइकल चालक कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीमा कार्यरत ४० वर्षीय प्रहरी नायब निरीक्षक मिनबहादुर बोहराकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय माेरङका एसपी कवित कटुवालले जानकारी दिए।

उनको स्थायी दरबन्दी हिरासत व्यवस्थापन शाखा झापामा रहेको बुझिएको छ। गम्भीर  घाइते भएका बाेहराकाे उपचारको क्रममा मृत्यु भएको हाे।  मृतक बाेहराकाे आजै विराटनगरस्थित पराेपकार घाटमन अन्त्यष्टी भएको छ। 

मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका-६ का ४१ वर्षीय पेशल कुमार बस्नेत  घाइते भएका छन्।बस्नेतको  नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad