सोमबारको तुलनामा मंगलबार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा कुल १५ सय ५८ नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो।
सोमबार १२ सय ६३ जना नयाँ संक्रमित फेला परेका थिए।
ताजा तथ्यांकअनुसार आज काठमाडौंमा १०६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३ जनामा संक्रमण पुष्टि भएको छ।
देशैभर भने आज कुल ६ हजार ८५ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या भने सयभन्दा कम छ। आज ६८ जनाको कोरोनाका कारण ज्यान गएको छ।
त्यस्तै आज निको हुनेको संख्या ६ हजार ८ सय ९८ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
योसँगै कुल निको हुने दर ८०.२ प्रतिशत पुगेको छ।
3
Shares
प्रतिक्रिया