समाज


२० हजार १६५ परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि

२० हजार १६५ परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ११:२४,

नेपालमा गएको २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१७ हजार १४७ पीसीआर र ३ हजार १८ एन्टिजेन गरी २० हजार १६५ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ६८ जनाले ज्यान गुमाएका छन्। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ४५२ पुगेको छ।

आज ६ हजार ८९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हिजो ४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ निको भएका थिए भने ११४ जनाको निधन भएको थियो।

हालसम्म नेपालमा ५ लाख ६६ हजार ५८७ जनामा संक्रमण भएकोमा ४ लाख ५४ हजार ३४४ जना निको भएका छन्।

याे पनि : २४ घण्टामा उपत्यकामा थपिए १५ सय ५८ संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .