ad ad

समाज


भारतमा अति शक्तिशाली अम्पुन आँधीको सन्त्रास, १० लाख मानिस सार्ने तयारी

भारतमा अति शक्तिशाली अम्पुन आँधीको सन्त्रास, १० लाख मानिस सार्ने तयारी

नेपालखबर
जेठ ५, २०७७ सोमबार १५:३२,

कोरोना महामारीकै बीच बंगालको खाडीमा अम्पुन नामको शक्तिशाली आँधी (चक्रवात) विकास भएपछि भारतमा सन्त्रास फैलिएको छ।

प्रतिघण्टा १३ किलोमिटर गतिमा उत्तरतर्फ सर्दै गरेको यो चक्रवातले बुधबार दिउँसोतिर पश्चिम बंगाल ओडिसाका समुद्री तटमा प्रहार गर्ने भारतीय विज्ञले अनुमान गरेका छन्।

भारतको मौसम विभागले भनेको छ: पश्चिम बंगाल र बंगलादेशबीच सुन्दरवन क्षेत्रमा शक्तिशाली तुफानका रूपमा प्रतिघण्टा १६५ देखि १७५ किलोमिटरसम्मको वेगमा मे २० अर्थात् बुधबार अपराह्न प्रहार गर्ने सम्भावना छ।

 

१० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी
त्यो आँधीको प्रहार जमिनमा पर्नुअघि नै त्यस क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी भारतले गरेको छ। त्यसका लागि भारत सरकारले ती क्षेत्रमा २० वटा टोली परिचालन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो चक्रवातबारे उच्चस्तरीय समितिमा छलफल गर्ने भएका छन्।

भारतको मौसम विभागले दक्षिणी बंगालको खाडीमा २४ घण्टा र उत्तरी भेगमा बुधबारसम्म माछा मार्न नजान आग्रह गरेको छ।

चक्रवातले समुद्री किनारा भएका क्षेत्र डुबानमा पर्न सक्ने विभागको अनुमान छ।

छिमेकी बंगलादेशमा समेत त्यहाँको सरकारले सामाजिक दूरी कायम गर्न सकिने गरी आँधीका बेला बस्ने आश्रयस्थलको संख्या बढाउन आदेश दिइसकेको छ।

भारतको राष्ट्रिय आपदा मोचन बलका प्रमुख एसएन प्रधानले आफूले ती दुई राज्यका सरकारसँग समन्वय गरी परिस्थिति नियालिरहेको बताएका छन्।

याे पनि:

मौसम महाशाखाले फेरि भन्योः बंगालमा विकसित चक्रवात धेरै शक्तिशाली छ, होसियार बनौं

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .