समाज


ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी, १२ घर नष्ट (भिडियोसहित)

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी, १२ घर नष्ट (भिडियोसहित)

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ०:४१,

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी भएको छ।

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले शनिबार बिहान दिएको जानकारीअनुसार आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको हो।

आगलगाीबाट एक पक्की घरसहित घुम्ती पसलका ससाना घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

‘भर्खरजसो आगो निभाएर सकियो,’ शनिरबार बिहान टेलिफोनमार्फत प्रहरी निरीक्षक पोखरेलले नेपालखबरसँग भने, ‘क्षतिको विवरण अनुमान गर्न पाइएकै छैन।’

उनका अनुसार ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा, प्रहरी तथा सेना मिलेर आगो नियन्त्रणमा लिइएको हो। फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको उनले बताए।

स्थानीय भट्टराई होटल एन्ड लजबाट शुक्रबार राति १० बजे अचानक आगलागी सुरु भएको थियो।

‘होटल खाली भए पनि त्यहाँ होटल सञ्चालकको परिवार बस्ने गरेका थिए,’ प्रहरी निरीक्षक पोखरेलले भने, ‘के कसरी आगलागी भएको थियो भन्नेबारे अहिले खुलिसकेको छैन, घटनाको अनुसन्धान गरिरहेका छौं।’

मान्छेलाई भने कसैलाई केही भएकाे छैन। त्यस हाेटलमा बसेका हाेटल मालिकलगायत उनका परिवरका सदस्य पनि आगलागी हुनासाथ बाहिर निस्केकाे प्रहरीले जनाएकाे छ। 

हेर्नुहाेस् आगलागीकाे लाइभ भिडियाे:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad