कारोना भाइरसबाट सर्ने रोग कोभिड-१९ विरुद्ध सुरु गरिएको कोरोना बिमातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।
कोरोना बिमा सुरु भएको दुई हप्ता पुग्दा नपुग्दै २३ हजारले बिमालेख खरिद गरिसकेका खबर आजको नागरिक दैनिकमा जिपी भण्डारीले लेखेका छन्।
मुलुकको बिमा इतिहासमा पहिलोपटक महामारी रोग कोरोनाको बिमा सुरु भएपछि व्यक्तिगत तथा संस्थागत रुपमा बिमा गर्नेको संख्या बढ्दै गएको सम्बन्धित निर्जीवन बिमा कम्पनीले बताएका छन्।
कोरोना संक्रमणका कारण सर्वसाधारणलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले सुरु भएपछि बिमा गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए।

प्रतिक्रिया