लातो हावा (लू) चल्न नरोकिएपछि सर्लाहीको हरिवन नगरपालिका क्षेत्रका विद्यालय बन्द भएका छन्।
आगामी शनिबारसम्मका लागि पालिका क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हरिवन नगरपालिकाले जनाएको छ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आगामी आइतबारदेखि मात्रै पठन पाठन सुरु गर्न भनेको हो।
अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ।
हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले हाल सञ्चालनमा रहेका परीक्षाहरु यथावत् रहनेगरी सबै सामुदायिक, संस्थागत र धार्मीक विद्यालय शनिबारसम्म बन्द गर्ने निर्णय गरिएको जानारी दिए।
शनिबार सर्लाहीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सीयस नाघेको थियो।
सर्लाही सहितका तराई मधेशका जिल्लामा विगत एकसतादेखि तापक्रम बृद्धि हुँदा जनजीवन कष्टकर बनेको छ। दिउँसोपख चल्ने तातो हावाको कारण घर बाहिर निस्कनसमेत मुस्किल हुने गरेको छ।
Shares
प्रतिक्रिया